Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ

दैनिकी न्यूज

२५, आश्विन २०७८
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ
images

ललितपुर । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।  बागमती गाउँपालिका वडा नं. १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई घर बनाउने काम दिलाएका सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने उजुरीका प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले दैनिकीन्युजलाई जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन २५, २०७८ सोमवार - १७:५६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology