ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोल गुसिंगल बस्ने बारा गढीमाई नगरपालिका–३ गञ्जभवानीपुर घर भएका ३० वर्षीय उमेश कुमार जैसवाललाई करिब २० लाख रुपैयाँ मूल्य बराबरको १ हजार ४ सय ९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मितिमा उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई ल्याएको पटाका, भुईचम्पा लगायतका आतिसबाजी जन्य विष्फोटक पदार्थहरु बिक्री गर्न भण्डारण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाटे खटिएको प्रहरीले जैसवालले ललितपुर महानगरपालिका–९ कुपण्डोल गुसिंगलस्थित टहरा भाडामा लिई भण्डारण गरेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।