Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च

च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च

दैनिकी न्यूज

२४, आश्विन २०७८
च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च
images

गलकोट । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । दसैंमा च्याङ्ग्राको माग उच्च भएपनि भाउ निकै महङ्गिएको छ ।

यसपटकको दसैंमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याएका छन् । जिल्लाका एक दर्जन व्यापारी दसैंका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ ।

अहिले मुस्ताङका अधिकांश भेडा च्याङ्ग्रा पोखरा पुर्याइने गरेको छ । केही वर्ष अघिसम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भए पनि अहिले त्यसको संख्या घटेर पाँच/सात सयमा झरेको छ ।

मुस्ताङमै भेडा च्याङ्ग्राको मूल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए ।

“मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य ३२ हजार पर्यो, एक दुई हजार नाफा खानै पर्यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ” उनले भने, “आठ दिनको हिडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगमी दिनमा च्याङ्ग्राको मूल्य छोइ नसक्नु हुने छ ।” मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङतर्फ च्याङ्गा लिएर आउँदै छन् ।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु एक हजार ८०० कारोबार शुरु भएको छ । हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ । अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भए पनि वडा दसैंमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा छ । रासस

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - ०९:३९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology