काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।
चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन्। हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए।
उनी सांसद पनि छैनन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका उनको चौतर्फी दबाब भएको थियो। देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् । उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए।