Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

लिखित परिक्षा पास गराइदिन्छु भन्दै पैसा लिने दुई युवा एकान्तकुनाबाट पक्राउ

लिखित परिक्षा पास गराइदिन्छु भन्दै पैसा लिने दुई युवा एकान्तकुनाबाट पक्राउ

दैनिकी न्यूज

१८, आश्विन २०७८
लिखित परिक्षा पास गराइदिन्छु भन्दै पैसा लिने दुई युवा एकान्तकुनाबाट पक्राउ
images

काठमाडौँ । सवारी चालक अनुमतिपत्रको लिखित परिक्षामा सामेल हुने परिक्षार्थीलाई पास गरिदिन्छु भनि रकम असुल गर्ने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परिक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अबस्थामा पक्राउ गरिएको हो, उनीहरुले सेवाग्राहीबाट जनहि पैतिससय रुपैयासम्म लिने गरेको अनुसन्धानको क्रममा खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उहाँले ट्रायल तथा लिखित परिक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने र अन्य काम समेत छिटो गरिदिने भनी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकमा ट्राफिक टोली खिटाइदै आएको समेत बताए ।

पक्राउ पर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने वर्ष ३५ को मनोज वाईबा र धनुषाको महेन्द्रनगर घर भई पाटनढोका बस्ने वर्ष ३५ को संजीव राउत रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई झुक्याउने, परिक्षा पास गरिदिने भनि रकम असुल्ने र अन्य काम छिटोछरितो गरिदिन्छु भनी रकम लिने माथी निरन्तर निग्रानी गर्दै आएको समेत महाशाखाले जानकारी दिएको छ ।

पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - २०:१०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology