Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ

दैनिकी न्यूज

१७, आश्विन २०७८
प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय रोमन श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट ड्युटीमा खटिएको प्रहरीलाई अश्लिल शब्द प्रयोग गरी भिडियो बनाई टिकटकमा राखेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - १४:४०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology