काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ आश्विन १६ गते (शनिबार)
दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।
२०७८ आश्विन १७ गते (आइतबार)
दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७८ आश्विन १८ गते (सोमबार)
दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ र्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।