Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एमालेको विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा शुरू हुँदै

एमालेको विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा शुरू हुँदै

दैनिकी न्यूज

१५, आश्विन २०७८
एमालेको विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा शुरू हुँदै
images

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पहिलो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा शुरु हुने भएको छ । महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवशेनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्। 

पहिलो दिन प्रस्तुत गरिने तीन प्रतिवेदन एवं प्रस्तावमाथि महाधिवेशनको दोस्रो दिन समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने एमालेले जनाएको छ। महाधिवेशनको अन्तिम दिन समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले स्पष्ट पार्दै सार संक्षेपीकरण गर्ने कार्यसूची रहेको छ।

३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन्। जसमध्येका ३ हजार जना मुल हलमा बस्ने छन्। बाँकी ३ हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ। 

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - ०७:३९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology