Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका ६७ वर्षीय फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका ६७ वर्षीय फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१४, आश्विन २०७८
बैंकिङ कसूर मुद्दाका ६७ वर्षीय फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(७ सिफलबाट पक्राउ गरेको हो ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले नारायणलाई उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - २०:४६:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology