Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

करेन्ट लागेर ललितपुरमा एक युवकको मृत्यु

करेन्ट लागेर ललितपुरमा एक युवकको मृत्यु

दैनिकी न्यूज

१४, आश्विन २०७८
करेन्ट लागेर ललितपुरमा एक युवकको मृत्यु
images

ललितपुर । गोदावरी नगरपालिका-५ लेले बसपार्कस्थित विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण लगनखेलमा कार्यरत महालक्षमी नगरपालिका-१ ईमाडोल बस्ने उदयपुर घर भएका २५ वर्षीय देव नेपालीको मृत्यु भएको छ ।


काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लेले स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका अन्य २ जनालाई उक्त स्वास्थ चौकी हुँदै थप उपचारको लागि पाटन अस्पताल लगनखेल पठाएको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - १४:००:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology