Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

किर्ते जालसाजी मुद्दामा फरार राणा बालकुमारीबाट पक्राउ

किर्ते जालसाजी मुद्दामा फरार राणा बालकुमारीबाट पक्राउ

दैनिकी न्यूज

१३, आश्विन २०७८
किर्ते जालसाजी मुद्दामा फरार राणा बालकुमारीबाट पक्राउ
images

ललितपुर । किर्ते जालसाजी मुद्दाका ३ बर्ष कैद र ११ लाख रुपैया जरिवाना भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं जिल्ला, काठमाडौ. महानगरपालिका वडा नं. १६ घर भएका रोहन जग राणा रहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
बृत सातदोबाटोवाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयन सोधपुछको क्रममा वुझ्दै जादा सोमबार उनलाई ललितपुरको बालकुमारी एरियाबाट मंगलबार पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौंवाट किर्ते जालसाजी मुद्दामा ३ बर्ष कैद र ३० हजार जरिवाना साथै लेनदेन मुद्दामा ११ लाख बिगो जरिवाना भएका राणालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाईएको वृत्त सातदोबाटोका प्रमुख, डीएसपी दिनेश घिमिरेले बताए ।

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - १४:४८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology