Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एमाले विधान महाधिवेशनको तयारी पूरा

एमाले विधान महाधिवेशनको तयारी पूरा

दैनिकी न्यूज

१२, आश्विन २०७८
एमाले विधान महाधिवेशनको तयारी पूरा
images

ललितपुर । नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ ।

यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो ।

मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका थिए ।

महाधिवेशनसभास्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

उनले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताए ।

ुसभामा २ हजार ८४० कुर्ची भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्ची राखेर हामी व्यवस्थापन गर्छौँ‘, उनले भने, ‘त्यहाँ पनि नअट्ने माथि बार्दलीमा स्क्रिन राखेर भए पनि प्रतिनिधिलाई अटाउने व्यवस्था गर्दछौँ ।‘ रासस

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - ०८:००:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology