ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोले लागु औषध २०९ ग्राम खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । परीसर ललितपुरको सुरक्षा योजना अनुसार वृत्त सातदोबाटो प्रहरी निरीक्षक हरि बहादुर वलीको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको छ ।
प्रहरीले आइतबार ललितपुर जिल्ला, वडा नं. १४ बुढाथोकीचोक स्थित सडक खण्डमा ३ जना सवार व्यक्तिहरु सवार रहेको बा १० च ३३०९ नम्बरको सेतो रंगको निजि कार्गो भ्यानलाई रोकी चेकजाँज गर्ने क्रममा सवारीभित्र लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट २०९ ग्राम लागु औषध खैरो हिरोइन, नगद १ लाख ५३ हजार, ४ थान मोबाइल, लागु औषध ओसार पसार गर्न प्रयोग गरिएको कार्गो भ्यान समेत बरामद गरेको वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले जानकारी दिए । जिल्ला अदालत ललितपुरबाट उनीहरु विरुद्ध म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।