काठमाडौं । प्रहरीले बैना रकम फिर्ताको मुद्दामा अदालतबाट सजाय तोकिएका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीलेले गोरखा नगरपालिका–१ घर भई काठमाडौंको टोखामा बस्दै आएका हरिबाबु जोशीलाई आइतवार बानेश्वरबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतको गत चैत २७ गतेको फैसलाले बैना रकम फिर्ता पाउँ मुद्दामा अभियुक्त जोशीलाई ३३ लाख २५ हजार रुपैयाँ बिगोबापत दुई वर्ष कैद सजाय तोकेको थियो ।
पक्राउ परेका जोशीलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको महाशाखाले बताएको छ ।