Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न, नौ जिल्लामा हुन सकेन

कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न, नौ जिल्लामा हुन सकेन

दैनिकी न्यूज

१०, आश्विन २०७८
कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न, नौ जिल्लामा हुन सकेन
images

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ ।

वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले उत्साहपूर्वक पालिका स्तरको अधिवेशन सम्पन्न भएको जानकारी दिए । संयोजक यादवका अनुसार शनिबार विभिन्न नौ वटा जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न हुन सकेन ।

निर्वाचन सम्पन्न हुन नसकेका जिल्लामा जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौँ, मोरङ, सोलुखुम्बु र सिन्धुपाल्चोक रहेका छन् ।

निर्वाचन समितिका अनुसार जुम्लामा आइतबार र नवलपुर, गुल्मी, बर्दिया र ललितपुरमा आगामी सोमबार पालिका स्तरको निर्वाचन हुनेछ ।

काठमाडौँमा असोज १६ गतेका लागि तय गरिएको छ । बाँकी तीन जिल्लाको मिति तय भएको छैन । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - ०७:२३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology