Logo

बुधवार, आश्विन २८ गते २०८३

images

मन्दिरका घण्टीसहित दुई जना पक्राउ

मन्दिरका घण्टीसहित दुई जना पक्राउ

दैनिकी न्यूज

९, आश्विन २०७८
मन्दिरका घण्टीसहित दुई जना पक्राउ
images

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो ।

गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो । प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै उनले खोल्न आनाकानी गरेका थिए ।

प्रहरीले त्यहाँबाट घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।

प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताए ।

व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् । रासस

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - १३:१६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology