काभ्रे । नेपाली कांग्रेसको आसन्न महाविधेशनका लागि जिल्लाका आधा दर्जनभन्दा बढी पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
गतमंगलबार सम्पन्न वडा अधिवेशनबाट नेपाल पत्रकार महासंघ काभ्रे शाखाका वर्तमान अध्यक्ष, ३ पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशका सचिवसमेत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने पत्रकार महासंघ काभ्रे शाखाको पूर्व अध्यक्षहरूमा धुलिखेल–११ बाट इश्वरी ओझा, पनौती–११ बाट महेश पौडेल, पनौती–६ बाट नारायण सापकोटा निर्वाचित भएको हो ।
त्यसैगरी धुलिखेल–११ बाटै नेपाल पत्रकार महासंघ काभ्रेका वर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव नमोबुद्ध–१ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको छ । पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोला थापा पनौती–५ बाट पराजित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि पत्रकारहरुले खुसी साटासाटसमेत गरेका छन् भने मतदातालाई धन्यवाद पनि दिएका छन् ।
पत्रकार रोशन पाण्डेले मतदाताप्रति आभार प्रकट गर्दै सामाजिक सञ्चालमा लेखका छन्, ‘नेपाली कांग्र्रेस, नमोबुद्ध नगरपालिका वडा नम्बर १ को १४ औँ वडा अधिवेशनबाट मलाई क्षेत्रीय प्रतिनिधिमा ९२ मत मा ६९ मत दिई बिजय गराउन सहयोग गर्नी सम्पूर्ण क्रियाशील सदस्यहरुलाई हार्दिक धन्यवाद !! यस अधिवेशनबाट सभापति जस्तो गरिमामय पदमा विजयी भाइ प्रेम लामालगायत सम्पूर्ण विजयीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जय नेपाल !!!’
क्षेत्रीय प्रतिनिधिमा निर्वाचित अन्य पत्रकाहरुमा मधुसुदन तिमल्सिना, मोहन तिमल्सिना, कपिल कोइराला लगायतका रहेका छन् ।