Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

दैनिकी न्यूज

७, आश्विन २०७८
तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
images

काठमाडौं । काठमाडौं र दाङबाट तास खेलिरहेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका(७ हरहमहादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा हरहरमहादेव बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय मनि कुमार दाहाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका(१४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारी सहित १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०७८ बिहिवार - १८:०७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology