सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ न्यूरोडस्थित पुल हाउसमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ३१ वर्षीय डम्बर महतरा लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको ।
उक्त पुल हाउसमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ७४ हजार ६ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।