Logo

बुधवार, आश्विन २८ गते २०८३

images

संखुवासभा हत्या प्रकरण : लोकबहादुरका भाइसहित थप ४ जना पक्राउ

संखुवासभा हत्या प्रकरण : लोकबहादुरका भाइसहित थप ४ जना पक्राउ

दैनिकी न्यूज

४, आश्विन २०७८
संखुवासभा हत्या प्रकरण : लोकबहादुरका भाइसहित थप ४ जना पक्राउ
images

संशुवासभा । संखुवासभाको मादी नगरपालिका( १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त लोकबहादुर कार्कीका भाइ नरेशसहित थप चार जनामाथि पनि अनुसन्धान सुरु गरेको छ।

एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा थप चार जनामाथि अनुसन्धान सुरु गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो। नियन्त्रणमा लिइएका अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको राईले जानकारी दिए।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गएको शुक्रवार लोकबहादुरकै घरमा फेला पारेको थियो। मोवाइल फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा पुगेको छ।

मोवाइल भेटिएसँगै घटनाबारे थप प्रमाण फेला परेको प्रहरीले जनाएको छ। संघीय प्रहरी इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेको प्रवक्ता राईले जानकारी दिए।

गएको भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो।

लोकबहादुरले ६ जनाको हत्या आफू एक्लैले गरेको बयान प्रहरीलाई दिएका थिए। लोकबहादुरको बयानका आधारमा सुरुमा प्रहले उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो। लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए।

सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । त्यो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो। रासस

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - ०७:३८:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology