काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७, फुटुङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
बा ३५ प ५२५० नम्बरको मोटरसाइकल हिजो साँझ करिब साढे ६ बजे बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका तारकेश्वर नगरपालिका वडा नं. ८, गैरीगाउँका ३० वर्षीय सुरेश लामाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।