Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

दैनिकी न्यूज

३०, भाद्र २०७८
कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद
images

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ।

कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ। यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७ जिल्लामा सम्पन्न भइसकेको छ।

बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी प्रिन्ट भइसकेको र १० जिल्लाको क्रियाशील सदस्यता विवरण पनि आजै सार्वजनिक गर्ने गरी काम भइरहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सबै जिल्लाको विवाद समाधान गरी छिट्टै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाइने उनले बताए। क्रियाशील सदस्यता विवरण प्राप्त भएपछि मात्र समितिले बाँकी जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँरनगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन्। कांग्रेसको पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँरनगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ।

त्यस्तै गाउँरनगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उनले बताए।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ। यस्तै कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ। रासस

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - २१:०१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology