Logo

बुधवार, आश्विन २८ गते २०८३

images

ठगी गरेको अभियोगमा पक्राउ

ठगी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

३०, भाद्र २०७८
ठगी गरेको अभियोगमा पक्राउ
images

काठमाडौं । बिक्री गरी सकेको जग्गा पुन: बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका-३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका-९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

कटुवाल र काठमाडौं महानगरपालिका-१० बस्ने मोरङ केराबारी गाउँपालिका-६ घर भएका धिरज कुमार दाहालले पीडितसँग चिनजान गरी दाहालको नाममा रहेको मोरङ साविक केरावारी गाबिस-६ मा रहेको कित्ता नम्बर ६३८ को क्षेत्रफल ०-१-१० र कित्ता नम्बर ६४० को क्षेत्रपल ०-७-२-० को जग्गाहरु बिक्री गर्ने भन्दै जग्गाको मूल्य कायम गरी काठमाडौ सुकेधारामा बैना गरी उक्त नगद लिई जग्गाहरु पास नगरी सम्पर्क विहिन भएका थिए । उनी सम्पर्क विहिन भएपश्चात मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भईसकेको जग्गा पुन:बिक्री गर्ने भन्दै कटुवालले ठगी गरेको खुल्न आएपश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनलाई ठगी कसूरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाउनुका साथै फरार रहेका दाहाल समेतको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - १२:४७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology