Logo

बुधवार, आश्विन २८ गते २०८३

images

‘बोक्सी’ आरोपमा ललितपुरकी एक महिलामाथि कुटपिट

‘बोक्सी’ आरोपमा ललितपुरकी एक महिलामाथि कुटपिट

दैनिकी न्यूज

३०, भाद्र २०७८
‘बोक्सी’ आरोपमा ललितपुरकी एक महिलामाथि कुटपिट
images

काठमाडौं । काठमाडौंको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा एक महिलामाथि कुटपिट भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा झारफुक गर्ने वाहनामा कुटपिट गर्दै यातना दिइएको हो । यातना दिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई स्वयम्भु ठूलो भ(याङमा धामी काम गर्ने दीपेन्द्रकुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत २१ भदौमा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्रलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले पत्नीलाई धामी थिङको घरमा झारफुक गर्न लगेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार झारफुक गर्ने निहुँमा थिङको घरमा ती महिलामाथि कुटपिट भएको हो । ती महिलालाई दशनारायणको सहयोगमा धामीकहाँ पु¥याइएको थियो ।

यातना दिनेहरू विरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐनअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - ०८:१५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology