Logo

बुधवार, आश्विन २८ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार कार्की पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार कार्की पक्राउ

दैनिकी न्यूज

२९, भाद्र २०७८
बैंकिङ कसूर मुद्दाका फरार कार्की पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका ३९ वर्षीय दिपक कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - १५:४२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology