ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नं. ३ छपेलीबाट ९ किलो गाँजासहित दुई जना प्रहरीले पक्राउ गरेको छ ।
शनिबार प्रहरी चौकी भट्टेडाडाँले छपेलीमा चेकजाँ गर्ने क्र्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ८ ईपा बस्ने ५३ वर्षीय शेर बहादुर थिङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बा. ४ ख २३३ नम्बरको बसलाई प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।