Logo

बुधवार, आश्विन २८ गते २०८३

images

जटिल मोडमा एमसीसीः अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

जटिल मोडमा एमसीसीः अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

दैनिकी न्यूज

२७, भाद्र २०७८
जटिल मोडमा एमसीसीः अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने
images

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् ।

नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् ।

उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसदबाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरुलाई भनेकी छन् ।

अमेरिकाले नेपालले अस्वीकार गरे पनि कुनै आपत्ति नहुने बताइसकेको छ । नेपालले अस्वीकार गरेको अवस्थामा सोबराबरको रकम अर्कै देशलाई अनुदान दिने पनि स्पष्ट पारिसकेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - ०७:३१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology