Logo

बुधवार, आश्विन २८ गते २०८३

images

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

दैनिकी न्यूज

२५, भाद्र २०७८
सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
images

सप्तरी । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै भएका दुईवटा घटनामा परी दुई जनाको मृत्यु भएको छ।

राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ।

को ७ प ४४१० नम्बरको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स१त २८७८ नम्बरको ट्र्याक्टरले मिलनचोकमा ठक्कर दिँदा दुर्घटना भएको हो।

खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ।

घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। रासस

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - ०८:२१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology