Logo

बुधवार, आश्विन २८ गते २०८३

images

नेपाली कांग्रेसमा गुट बन्दै, भत्किँदै

नेपाली कांग्रेसमा गुट बन्दै, भत्किँदै

दैनिकी न्यूज

२४, भाद्र २०७८
नेपाली कांग्रेसमा गुट बन्दै, भत्किँदै
images

काठमाडौं । १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा नयाँ गुट बन्ने र भत्किने गरेका छन्। संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू विभिन्न गुट–उपगुट बनाउन र भत्काउन थालेका छन्। कांग्रेसमा विगतदेखि संस्थापन पक्ष र संस्थापन इतर गरी २ गुट सक्रिय थिए।

सभापति देउवालाई यसपटक आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले साथ नदिने बताएका छन्। निधिले सम्पर्क कार्यालय खोलेर छुट्टै गुटको अभ्यास गरिसकेका छन् भने श्रेष्ठले गृह जिल्ला स्याङ्जाबाट सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्।

​अर्कोतर्फ, आफ्नो समूहबाट सभापतिमा आकांक्षी देखिएका ५ जनालाई दायाँ–बायाँ राखेर शीर्ष नेता पौडेलले साझा उम्मेदवार तय गर्ने घोषणा गरेका छन्। पौडेल समूहमा सभापतिका आकांक्षीहरू बढी देखिएर व्यवस्थापनको समस्या देखिएको छ।

१३औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये १४औं महाधिवेशनसम्म आइपुग्दा ५ जना सभापतिका मुख्य दाबेदार देखिएका हुन्। प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, डा। शेखर कोइराला, सुजाता कोइराला र रामचन्द्र पौडेल आफैं पनि हुन्।

त्यस्तै, कोइराला परिवारभित्रै ३ जना सभापतिका दाबेदार निस्किएका छन्। महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला हुन्। सुजाताले १३औं महाधिवेशनमा पनि सभापतिको दाबी गरेकी थिइन्। सुजाता भन्छिन्, ‘म पछि हट्दिनँ। मैले पहिला पनि छाडेकै हो।’

सभापतिमा दाबेदारी दोहोर्‍याउने सोचमा रहेका शीर्ष नेता कृष्णप्रसाद सिटौला भने वडा अधिवेशनअघि रिजर्भ बसेका छन्। वडा अधिवेशन सकिएपछि मात्र उनले उम्मेदवारीबारे मुख खोल्ने नेताहरू बताउँछन्। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा राधा खनालले लेखेकी छिन ।

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - ०६:५१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology