काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।