Logo

बुधवार, आश्विन २८ गते २०८३

images

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

दैनिकी न्यूज

२०, भाद्र २०७८
दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु
images

काठमाडौं । यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए ।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ । अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - ०७:१९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology