Logo

बुधवार, आश्विन २८ गते २०८३

images

पाँचकिलोमा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

पाँचकिलोमा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

दैनिकी न्यूज

१८, भाद्र २०७८
पाँचकिलोमा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
images

चितवन । नारायणगढ(मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् । रासस

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १०:५४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology