Logo

बुधवार, आश्विन २८ गते २०८३

images

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

दैनिकी न्यूज

१८, भाद्र २०७८
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
images

ओखलढुंगा । ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका(५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार भएको दुर्घटनामा गम्भीर घाइते मगरको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए।

घटनापछि फरार रहेका मोटरसाइकल चालकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको श्रेष्ठले बताए। रासस

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १०:४९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology