Logo

बुधवार, आश्विन २८ गते २०८३

images

पशुपतिनाथको मन्दिर खुला गरिँदै

पशुपतिनाथको मन्दिर खुला गरिँदै

दैनिकी न्यूज

१८, भाद्र २०७८
पशुपतिनाथको मन्दिर खुला गरिँदै
images

काठमाडौँ  । पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको छ । कोरोना सङ्क्रमणका कारण लागू भएको निषेधाज्ञाले बन्द हुन पुगेको पशुपति गुह्येश्वरीलगायतका मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्व सरोकारवालासँग परामर्शका लागि बोलाएको छ ।

वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो । गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०७:१३:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology