Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

दैनिकी न्यूज

१८, भाद्र २०७८
कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान
images

काठमाडौं । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।

अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।

१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।

१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ ।

देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।

यो समाचार नेपाल समाचारपत्रदैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०७:०१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology