ललितपुर । नेपाली कांग्रेस, जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन २१ भदौभित्रै सक्ने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले १८ भदौमा तोकिएको वडा अधिवेशन २३ भदौसम्म सक्न समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ।
जिल्ला सभापति मदनबहादुर अमात्यले केन्द्रीय निर्वाचन समिति र जिल्ला निर्वाचन अधिकृतलाई बुधबार पत्र पठाउँदै ललितपुरका महानगर, नगर र गाउँपालिकाको वडा इकाई अधिवेशन २१ भदौमा सम्पन्न गर्ने जानकारी गराएका हुन्।
कांग्रेसले वडा अधिवेशन भदौ १८–२३ र पालिका अधिवेशन २७–२९ भदौसम्म गर्न समयसीमा तोकेको छ ।