Logo

बुधवार, आश्विन २८ गते २०८३

images

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

दैनिकी न्यूज

१६, भाद्र २०७८
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
images

अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ । रासस

images
प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - ०८:४९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology