Logo

बुधवार, आश्विन २८ गते २०८३

images

आज सुदुरपश्चिम प्रदेशमा मेघगर्जनसहित भारी वर्षा हुने, सचेत रहन आग्रह

आज सुदुरपश्चिम प्रदेशमा मेघगर्जनसहित भारी वर्षा हुने, सचेत रहन आग्रह

दैनिकी न्यूज

१५, भाद्र २०७८
आज सुदुरपश्चिम प्रदेशमा मेघगर्जनसहित भारी वर्षा हुने, सचेत रहन आग्रह
images

काठमाडौं । हाल देशभर सामान्य बदली रहि प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  साथै सुदुरपश्चिम र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - ०८:४६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology