Logo

बुधवार, आश्विन २८ गते २०८३

images

सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलियो

सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलियो

दैनिकी न्यूज

१४, भाद्र २०७८
सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलियो
images

सुनसरी । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ ।

बाढीका कारण आइतवार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलंका टाप्पु पर्दछ ।

रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतवार राति १० बजेसम्म पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा सोमवार बिहान वर्षा कम भएकाले बहाव थोरै घटेर गएको छ ।

बस्तीमै बाढी प्रवेश गर्न थालेकाले त्यहाँका बासिन्दालाई राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताए । तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतवारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताए । रासस

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - १४:३९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology