Logo

बुधवार, आश्विन २८ गते २०८३

images

सिद्धार्थ राजमार्ग अझै अवरूद्ध

सिद्धार्थ राजमार्ग अझै अवरूद्ध

दैनिकी न्यूज

१४, भाद्र २०७८
सिद्धार्थ राजमार्ग अझै अवरूद्ध
images

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन।

लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान खसेको पहिरोले पाल्पा(बुटबल सडकखण्ड अवरूद्ध भएको थियो।

आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।

आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँसोदेखि नियमित रूपमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो। रासस

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - १२:२५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology