पाल्पा । पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी छोरी नैना दर्जीको मृत्यु भएको हो ।
आइतबार बिहान ४ बजेतिर उक्त घर भत्किँदा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मिसन अस्पताल पुर्याउने बित्तिकै डाक्टरहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।