Logo

बुधवार, आश्विन २८ गते २०८३

images

खोलाले बगाएर ललितपुरमा एक महिलाको मृत्यु

खोलाले बगाएर ललितपुरमा एक महिलाको मृत्यु

दैनिकी न्यूज

१२, भाद्र २०७८
खोलाले बगाएर ललितपुरमा एक महिलाको मृत्यु
images

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं. ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन्।

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो। वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी ८ वर्षीया बालिका बेपत्ता भएको जानकारी गराए। स्थानीयवासी उद्वव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुनाका साथै बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न सकेको छैन।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले घटनाको सुचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए। विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुव्बानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ०४:२९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology