Logo

बुधवार, आश्विन २८ गते २०८३

images

८३ जना फरार प्रतिवादी एकैदिनमा पक्राउ

८३ जना फरार प्रतिवादी एकैदिनमा पक्राउ

दैनिकी न्यूज

१०, भाद्र २०७८
८३ जना फरार प्रतिवादी एकैदिनमा पक्राउ
images

सुनसरी । जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आ.व. २०७८।०७९ मा ३ सय ८३ जनाबाट ८० वर्ष २ महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी , अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टाचार, गाली वेइजती आदि मुद्दाका फरार प्रतिवादीहरु रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - १३:००:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology