Logo

बुधवार, आश्विन २८ गते २०८३

images

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१०, भाद्र २०७८
युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
images

काठमाडौं । युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - १२:५४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology