सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडा नं. ३ छापागाउँस्थित सडकमा बा।३ ख ८०३० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले दुर्घटनामा घाइते भएका ३७ जनालाई उद्धार गरी २२ जनालाई धुलीखेल अस्पताल र १५ जनालाई सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाएकोमा धुलिखेलमा उपचाररत २ जनाको मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।