Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कुलमान पुनःनियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको बेञ्चमा

कुलमान पुनःनियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको बेञ्चमा

दैनिकी न्यूज

८, भाद्र २०७८
कुलमान पुनःनियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको बेञ्चमा
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ। गत भदै २ गते ‘हेर्न नभ्याइने’मा राखिएको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ।

प्राधिकरणको प्रवन्ध निर्देशकबाट उर्जा आयोगमा सरुवा गरिएका हितेन्द्रदेव शाक्यले आफू वैधानिक रुपमा नहटाइएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् । यसअघि हेर्न नभ्याएको मुद्दा आज प्रधानन्यायाधीश आफैंले हेर्ने भएका हुन् ।

शाक्यको रिट निवेदनमा आफ्नो सहमति बेगर विद्युत प्राधिकरण बाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरेका छन्।

उनले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जिकिर गरेका छन्।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले सोही दिन पदबहाली गरेका थिए।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १०:५५:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology