Logo

बुधवार, आश्विन २८ गते २०८३

images

सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

दैनिकी न्यूज

५, भाद्र २०७८
सवारी दुर्घटनामा २ जनाको मृत्यु
images

काठमाडौं । सिरहा र सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका–३ हरीनगरस्थित भित्री सडकमा प्रदेश २–०१–००२ प ३९०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–४ ब्रहम्पुरी बस्ने ३६ वर्षीय राम उदगार मुखियाको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१२ भिमटारस्थित सडकमा ना ६ त १८०७ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका–७ देउराली बस्ने अर्जुन आचार्यको छोरा १४ वर्षीय सुदिप आचार्यको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - २०:११:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology