Logo

बुधवार, आश्विन २८ गते २०८३

images

नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा

नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

४, भाद्र २०७८
नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा
images

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रण गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२–०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी।सी।को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका – २, बोदल घर भई हाल दक्षिणढोका काठमाण्डौ बस्ने वर्ष २२ को तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश३–०२–०१० प ९४४६ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाडौं, पेप्सीकोलाबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्‍वर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - १८:५८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology