Logo

बुधवार, आश्विन २८ गते २०८३

images

चेक बाउन्सका दुई जना फरार प्रतिवादी पक्राउ

चेक बाउन्सका दुई जना फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

२, भाद्र २०७८
चेक बाउन्सका दुई जना फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–३ सोखेल बस्ने ४० वर्षीय समुन्द्र केशर केसी र काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका ४८ वर्षीय श्याम प्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये समुन्द्रलाई अदालतबाट बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तथा श्याम प्रसादलाई ६ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्यानमा पारी सनराईज बैक र मेगा बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १९:४६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology