ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोले जवरजस्ती करणी उद्योग मुद्धामा विगत ५ बर्षदेखि फरार रहेका एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला साविक भटौली गाविस वडा नं. ७ खारपानी पाल्ले बस्ने वर्ष २७ को छत्र बहादुर खड्का रहेका छन् ।
खड्काले २०७३ साल जेठ १३ गते ललितपुर जिल्ला, साबिक महालक्ष्मी नगरपालिका वडा नं. १७ ईमाडोलमा डेरा गरि बस्ने बर्ष १९ की महिलाको कोठामा प्रबेश गरि पिडितको मन्जुरी बिना जवरजस्ती करणी उद्योग कसुरमा फरार थिए ।
अदालतको म्यादी पुर्जी समेत गुजारी बसेका खड्कालाई वृत्त सातदोबाटो खटि गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसंग सहकार्य गरि यहि भदौ १ गते पक्राउ गरिएको डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।
खड्कालाई आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत लगनखेल पेश गरिएको प्रहरीको भनाई छ ।